इटहरी / नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले मुलुकमा गठबन्धन सरकारको अव्यवहारिक कार्यसैलिका कारण देसआर्थिक संकटतर्फ अघि बढिरहेको, युवामा निराशा बढि विदेश पलायन बढिरहेको र मध्य पहाडबाट ब्यापक बसाइसराई बढि रहेको अवस्थामा नेकपा एमालेको ‘उज्यालो भविष्यको खोजीमा मंसिर १४ देखि पुस १ गतेसम्म झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा ले युवाको निराशलाई आशामा बदल्न यात्रा सफल भएको बताउनुभयो।
मुलुकलाई आर्थिक र सामाजिक विकास को दिशामा अघि बढाउनका लागि संकल्प यात्रा आयोजना फलदायी भएको खेलकुद महासंघ अध्यक्ष बस्नेतले बताउनुभयो।
खेलकुद महासंघका बिभिन्न कमिटीका पदाधिकारी तथा सन्चारकर्मी संगको कुराकानीमा बस्नेतले भन्नुभयो यात्रामा भाषण गर्ने, आफ्ना कुरा राख्ने र हिँड्ने नगरि मध्य पहाडी वासी लाई भेट्ने जनताका कुरा सुन्ने, स्थानीय स्तरका सुझाब लिने, गुनासो सुन्ने, र त्यसका समाधानको बाटो खोज्ने काम भएको छ उक्त ऐतिहासिक यात्रामा केपी ओलि प्रतीको आकर्सण ले दुनिया चकित भएको छ ! यो अभियानले पुराना नेता राजनितिक दल र पार्टीको पक्षमा जनता छैनन भन्ने हरुका लागी एमालेको लोकप्रीयताले चकित पारेको सम्म बताउनु भयो नया होइन स्थाइत्व र स्थापित पार्टीकै पक्षमा नै जनता रहेको पाइयो !
‘यो अभियानमा नागरिकले साथ दिएर पुर्ण रूपमा ऐतिहासिक बनाएकोमा सम्पुर्ण प्रत्यक्ष अप्रत्यक्ष संलग्न पार्टीका नेता कार्यकर्ता मध्य पहाडमा बस्ने सबै लाइ नेपाल खेलकुद महासंघको तर्फबाट धन्यवाद ब्यक्त गर्नुभयो ।
साथै यात्रामा खटिनु हुने खेलकुद महासंघ केन्द्रीय कमिटी, प्रदेश कमिटि, जिल्ला कमिटीका पदाधिकारी साथै बिभिन्न कमिटीमा रहेका पार्टी नेता कार्यकर्ता तथा खेलकुद महासंघका सदस्य तथा संचारकर्मीहरुलाई धन्यवाद समेत दिनुभयो।


