इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।received_385437977214508

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।


प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत कँडेल, नगरसभापति उमेशजंग थापा, उपसभापति इन्दिरा कार्की, सचिव सुमन कार्कीलगाययतको सहभागिता रहेको थियो । उर्लाबारी–७ को बरगाछीबाट सुरु भएको ¥याली उर्लाबारी चौकमा पुगेर समापन गरिएको थियो।

received_1869534860127705

गत शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस कार्यालय अगाडि भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

received_379951947886422