सामाजिक सन्जालमा सकृय  इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को  सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।

ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट   रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।