चित्त बुजाउने ३७ उपायहरू

१.कर्मको फल हो !

२.अभागी खप्पर, जहाँ गए'नि ठक्कर !

३. कर्म मेरो खोटी रहेछ !

४. समयसँगै सबै ठिक हुन्छ ।

५. सन्जोगको कुरा हो !

६. आ-आफ्नो भाग्य हो !

७. आफ्नो भाग्य आफैंले बनाउने हो !

९. लेखेको कुरा टारेर टर्दैन रहेछ !

१०. यो समय नै यस्तो हो !

११. म गरेर देखाउछु !

१२. बाँचुन्जेली त हो !

१३. दुईदिनको रामछायाँ !

१४. एकदिन त दिन फर्केला !

१५. लाटाको खुट्टो बाटोमा पर्ला !

१६. सहनुको विकल्प छैन ।

१७. सकुन्जेल सहने हो !

१८. धैर्य गर्नुपर्छ !

१९. सकेजती त गर्ने हो नि !

२०. उस्को भाग्य उसले खाने हो !

२१. आ-आफ्नो भाग्य खाने हो !

२२. जे हुन्छ, राम्रैकालागि हुन्छ !

२३. संसार हेरेर चित्त बुझाउनुपर्छ !

२४. मैले गरेको होईन !

२५. ढिलो चाँडोमात्र हो, सबैले भोग्नुपर्छ !

२६. हुने हार, दैव नटार !

२७. दैव लागेपछि कसको २८. केही लाग्दैन !

२९. सकेजती गर्ने त हो !

३०. यस्तै हो संसार !

३१. नहुनु पर्थ्यो, भयो !

३२. सधैं यस्तो नहोला नि त ! 

३३. जे भो राम्रै भो !

३४. आ..जे होला होला ! 

३५. के चाहिँ गर्नु त !

३६. मैले गरेको होईन क्यारे !

३७. मन दह्रो पार्नुपर्छ !

मनोज गजुरेलको फेसबुक वालबाट