मिलन अधिकारी
संखुवासभा / अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ ।
“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् ।
संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती माध्यमिक विधालय चैनपुर र २३ गते हिमालय माध्यमिक विधालय खाँदबारीमा हुनेछ ।
सेमिफाईनलबाट ४–४ वटा समुह छनौट गरी फाल्गुण ९ गते हिमालय माध्यमिक विधालय खाँदबारीमा फाईनल प्रतियोगिता हुने अनेरास्ववियु केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला ईञ्चार्ज अनुप चापागाईको अवधारणा अनुसार समुह विभाजन गरिएको खत्रीले जानकारी दिए ।
प्रतियोगितमा प्रथम हुने विद्यालयलाई २१ हजार नगद सहित ३ बर्षे रनिङ शिल्ड, मेडल प्रमाणपत्र, द्वितिय हुने विद्यालयलाई १२ हजार नगर, शिल्ड, मेडल र पमाणपत्र साथै तृतिय स्थान हासिल गर्ने विद्यालयलाई नगर ७ हजार ५ सय नगद, शिल्ड, मेडल र पमाणपत्र वितरण गर्नेे अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सञ्जय ओझाले बताए ।
प्रतियोतामा सोधिने प्रश्नहरुको पाठ्यक्रम आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिइएकाे छ । पाठ्यक्रम अनुसार माध्यमिक तहको पाठ्पुस्तकबाट २० प्रतिशत, राजनीतिबाट १० प्रतिशत, आईक्युबाट १० प्रतिशत र सामान्य ज्ञानबाट ६० प्रतिशत प्रश्नहरु रहनेछन् ।


