पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ (दुइ) दिने प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन समारोह सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा तथा महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ, स्थाइकमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु वराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा , सचिव राजकुमार भण्डारी , विनोद ढकाल लगायतको उपस्थीती कार्यक्रम सम्पन्न भएको छ ।

पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ (दुइ) दिने प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन कार्यक्रममा पेशागत महासंघ केन्द्रीय अनुसासन आयोगका अध्यक्ष समेत रहनुभएका समाजसेवी राजकुमार गिरी र उहाँकी जिवन साथी गोमा गिरी लाइ अभिनन्दन गरेको छ ।

समाजसेवी गिरी दम्पतीले इटहरी - १७ मा महासंघको प्रदेश कार्यलय निर्माणका लागी एक करोड मूल्य बराबरको जग्गा र भवन निर्माणका लागी तिन लाख नगद समेत कोशी प्रदेश कमिटी लाइ हस्ताणतरण गर्नुभयो ।

।


