इटहरी / लायन्स क्लब अफ इटहरी सुपर समृद्वि र  फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सहकार्यमा निःशुल्क आँखा, सुगर र प्रेसर जाँच सिविर आयोजना गरिएको छ ।

नवदृष्टि आँखा हस्पिटल इटहरीको प्राविधिक सहयोगमा भएको सिविरमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

शुक्रबार इटहरी १९ स्थित फुजिसान सगरमाथा स्कुलको प्राङ्गणमा आयोजना भएको शिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएका छन् । 

जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको लायन्स क्लबका अफ इटहरी सुपर समृद्विका अध्यक्ष राकेश श्रेष्ठले बताए । शिविरमा दुई सय वटा चस्मा निःशुल्क प्रदान गरिएको र मोतियाविन्दु लागेका १७ जनाको निःशुल्क अप्रेसन गरिने अध्यक्ष श्रेष्ठले बताए ।          त्यसबाहेक विपन्न वर्गका नागरिकलाई  लायन्स क्लब र फुजिसान स्कुलको  सहकार्यमा ४० हजार बराबरको उपचार खर्च बेहोर्ने श्रेष्ठले जानकारी दिए । दुवै आँखा नदेख्ने इटहरी १९ का सुभाष बस्नेतलाई शिविरकै अवसर पारेर नगद पाँच हजार रुपैयाँसमेत प्रदान गरिएको उनले बताए ।                        IMG_20240112_211620

शिविरमा लाभ लिएका इटहरी १९ का ईश्वर पुरीले अरु समयमा धरान गएर जाँच गरेपनि यसपटक भने आफ्नै गाउँघरमा सुगर जाँच गर्न पाउँदा खुशी लागेको बताए । ६ वर्षदेखि सुगरका बिरामी रहेका उनले आफ्नै ठाउँमा भएको शिविरबाट लाभ लिएको बताए ।

लायन्स क्लब अफ सुपर समृद्वि र नवदृष्टि आइ हस्पिटल इटहरी संगको सहकार्यमा स्कुलमा अभिभावक, विद्यार्थी स्थानीयहरूको निशुल्क शिविर गर्न पाउँदा बिध्यालय परिवार खुसि भएको फुजिसान सगरमाथा बोर्डिङ स्कुलका प्रधानध्यापक सुर्य प्रसाद चौलागाईले बताए ।        IMG-20240112-WA0007

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका डिस्ट्रिक गभर्नर विजयहरी शर्माको प्रमुख अतिथ्यता रहेका थिए भने विशेष अतिथि फस्ट लेडी अनुष्का शर्मा, इटहरी १९ का वडा अध्यक्ष नारायण चौधरी, इटहरी वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ र अतिथिमा डिसट्रिक ३५५ सी का फस्ट भि.डि.जी. विकाश अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा लायन्स क्लबका प्रतिनिधि, शिक्षक विद्यार्थी, अभिभावक, , स्थानीय बुद्धिजीवी, सर्वसाधारण नागरिक लगायतको सहभागीता रहेको थियोे ।            IMG_20240112_104441