इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको आयोजना गरिएको छ । मंगलबारबाट पकली माध्यमिक विद्यालयको खेल मैदानमा सगरमाथा युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले ब्याटिङ गर्दै खेलको उद्घाटन गरे । वडा नं. १७ आगामी दिनमा पनि खेल क्षेत्रमा सक्दो सहयोग गर्न आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष आचार्यले बताए ।
युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउनका निम्ति प्रथम क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजकका अध्यक्ष मो. इसराफिल हुसेनले बताए । उद्घाटन खेलमा इनरुवा क्रिकेट क्लव इनरुवा र पचरुखी क्रिकेट क्लव इटहरी विच भएको छ । प्रतियोगिताको विजयी टिमले २५हजार नगद सहित शिल्ड प्रमाण पत्र हात पार्ने छ भने उपविजेता टिमले १५हजार नगद सहित प्रमाण पत्रमा चित्त वुझाउनु पर्ने आयोजकका अध्यक्ष हुसेनले बताए । 
सोही कार्यक्रममा पुर्व राष्ट्रिय फुटवल खेलाडी प्रवेश कुँवर र पुर्व अन्तराष्ट्रिय तेक्वाण्दो खेलाडी असिम मोहमदलाई सम्मान गरिएको थियो। उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष चेतनाथ पौडेल , अतिथिमा पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार झा , विभिन्न टोल विकास संस्थाका प्रतिनिधि , राजनीति दलका प्रतिनिधि खेलाडी स्थानीय लगाएतको सहभागीता रहेको थियोे । 


