इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं ४ को कार्यालयले ७ दिने नेतृत्व बिकास, उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ । इटहरी उप महानगर पालिका वडा न. ४ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि सुन्दरहरैचाको सहकार्यमा पुस २७ गते बाट उद्योग वाणिज्य संघको सभा हलमा भएको तालिम इटहरी उपमहानगरपालिका वडा नं ४ कि वडा सदस्य लक्ष्मी चापागाईंको अध्यक्षता तथा वडा अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो।

तालिममा वडा नं ४ का ३९ वटा टोल बिकास सस्थाबाट प्रतिनिधीत्व गर्दै ३९ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य दिलु बराइलीले बताउनुभयो।

त्यस्तै ७ दिनको तालिम प्रशिक्षक सिमा बस्नेत, अनिल पोख्रेल, उसा किरण भट्टराई ले सहजिकरण गर्नुभएको प्रेस नेटवर्क मेनेजमेन्टका अध्यक्ष बिकल पौडेलले बताउनुभयो।

उद्घोषण तथा नेतृत्व विकासमा वडावासिहरुको क्षमता अभिबृद्धी गर्ने तर्फ मध्यनजर गर्दै ४ नम्वर वडा ३९ वटा टोल विकासका एक एक जना सहभागी गराएर तालिमको आयोजना गरेको वडा सदस्य अमृत बस्नेतले बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै वडा सदस्य विशेश्वर पोख्रेल ले तालिम उपलब्धि मुलक भएकोले ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
तालिम अवधिभर बिभिन्न खेल, प्रतियोगिताका बिजेता लाइ पुरस्कृत समेत गरिएको प्रशिक्षक सिमा बस्नेतले बताउनुभयो ।
तालिममा सहभागीले देखाएको हौसला लाइ ब्यवहारमा उतारेर अघि बढे वडाले आगामी वर्षमा पनि यस्तै बजेट बिनियोजन गरेर तालिम गराउने वडा सचिव अर्जुन सुबेदीले बताउनुभयो ।


