स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङ ले तेस्रो स्व. चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता भएको छ ।
कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकार का लेखा समिति अध्यक्ष ऋषि केस पोख्रेल को प्रमुख आतिथ्यतामा भएको थियो ।
बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा उपाध्यक्ष अमृता गछदार, मनमोहन प्राबिधिक विश्वविद्यालय डा. सुवास श्री पोख्रेल,
समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिध्यार्थी लगायतको उपस्थितिमा भएको कार्यक्रममा निर्णायक को रूपमा प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नो पानी नेपालका सरोज घिमिरे हुनुहुन्थ्यो ।
प्रतियोगि विद्यार्थीहरुलाई सामाजिक संजालको प्रयोग नबिनतम ग्यान को प्राप्ति कि समयको दुरुपयोग विषयमा आधारीत रहेर वादविवाद प्रतियोगिता भएको छ ।
कार्यक्रम स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवामा भएको कार्यक्रममा मोरङ जिल्ला भरिका ३७ जना बिध्यार्थिको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने पक्षबाट सजिलाल मावि की आरती अधिकारी र बिपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतलाई १५/१५ हजार, द्वितीय हुने पक्षबाट डिएभीकी सेजल मेहता र बिपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारीलाई १३ ÷१३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदरस माविका आदरस बराललार्ई ११ ÷११ हजार र मेडल , प्रमाणपत्र प्रदान गरिएको र यो कार्यक्रम प्रत्येक बर्ष माघ ९ गते हुने स्मृति इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल रिता न्यौपानेले बताउनुभयो ।


