सुनदरहैचा / स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङले स्व. चुडामणि न्यौपानेको स्मृतिमा "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति कि समयको दुरुपयोग" विषयमा आधारीत रहेर भएको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा मोरङक निजी तथा सामुदायिक ३७ बिधालयका बिध्यार्थिलाइ पछि पार्दै "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति " पक्षबाट सामुदायिक बिध्यालय श्री सजिलाल मावि की आरती अधिकारी प्रथम भएकी छिन् ।

प्रतिनिधि सभा सदस्य ऋषि केस पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्णायकको रूपमा प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नो पानी नेपालका सरोज घिमिरे थिए ।

त्यस्तै प्रतियोगितामा प्रथम हुने पक्षबाट सजिलाल मावि की आरती अधिकारी र बिपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतलाई १५ ÷१५ हजार, द्वितीय हुने पक्षबाट डिएभीकी सेजल मेहता र बिपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारीलाई १३ ÷१३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदरस माविका आदरस बराललार्ई ११ ÷११ हजार र मेडल , प्रमाणपत्र प्रदान गरिएको र यो कार्यक्रम प्रत्येक बर्ष माघ ९ गते हुने स्मृति इङलिस बोर्डिङ स्कुलकी प्रिन्सिपल रिता न्यौपानेले बताइन । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवामा भएको कार्यक्रममा मोरङ जिल्ला भरिका ३७ जना बिद्यार्थिको सहभागिता रहेको थियो ।

कार्यक्रम बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा , उपाध्यक्ष अमृता गछदार, मनमोहन प्राबिधिक विश्वविद्यालयका डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिद्यार्थी लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।


