इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० सञ्चालन हुदैछ ।

हिसान स्कुल सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा आज इटहरीको बुढा सुब्बा खेलमैदानमा फुटबल प्रतियोगिताको खेलमा सुस्मा कलेज , सिबि कलेज, इटहरी नमुना कलेज , कस्तुरी कलेजका विद्यार्थीको सहभागीमा फुटबल प्रतियोगिता भएको हो ।

स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिता पुर्वान्चल सेकेण्डरी स्कुल तरहरामा, बास्केटबल सुस्मा सेकेण्डरी स्कुल इटहरीमा, टेबल टेनिस, ब्याटमिन्टन, एथलेटिक्स इटहरी रंगशालामा हुने भएको छ ।

कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई , हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, एन्फा सुनसरीका महासचिव कोबिद  जंग कार्की , इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदी , स्थानीय खेलाडी लगाएतको सहभागिता रहेको थियो ।IMG_20240129_212938