तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा आयोजित बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका पाँच ओख्रे प्रथम भएको छ ।
प्रतियोगितामा सहभागी ९ वटा बिद्यालयलाई पछि पार्दै भगवती प्रथम भएको हो । ८ स्वर्ण,९ रजत १ कास्य सहित भगवती माध्यमिक बिद्यालय प्रथम भए सँगै पालिका कप हात पारेको छ । त्यस्तै सरस्वती माध्यमिक बिद्यालय छथर गाउँपालिका २ ८ स्वर्ण,४ रजत र १ कास्य सहित दोश्रो भएको थियो । मचिन्द्र माध्यमिक बिद्यालय छथर ६ ले ४ स्वर्ण १ रजत र ६ कास्य प्रास्त गर्दै तेश्रो भएको थियोे ।
विजयी बिद्यालय तथा प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष सन्तोष तिगेला ,उपाध्यक्ष,तारा खरेल ढकाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज बानियाँले पुरस्कार प्रदान गर्नु भएको प्रवक्ता राजन नेपालीले बताउनु भयो । गाउँपालिकाको ९ वटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छथर गाउँपालिका शिक्षा शाखा प्रमुख डण्डिकेशर खनालले बताउनु भयो ।


