सुनसरी l खेलकुद महासङ्घ सुनसरीको इनरूवा नगर अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ इनरूवा वडा नं ७ कमिटी गठन भएको छ ।
प्रथम सम्मेलनले गणेश सर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । बुधबार इनरूवा ७ चाँदबेलामा भएको कार्यक्रममा सर्माको नेतृत्वमा उपाध्यक्ष अतिस कुमार सिंह सचिव बिसाल खवास, सह सचिव भवानी खवास कोसाध्यक्ष संजय चौधरी सदस्यहरु नबिन चौधरी, साजन चौधरी, हर्ष रुबिन मिया आलम लगायत १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोष , जनप्रतिनिधि जय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताउदैं चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् ।

नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स्वरोजगारका कुराहरु समेट्ने गरी काम गर्न सुझाउँदै बरु स्वरोजगार हुनेहरुलाई सहयोग गर्ने, सहुलियत कर्जा लिइदिने बताइन् । आफ्नो निर्वाचन क्षेत्र सुनसरीका बिभिन्न ग्रामीण बिपन्न वर्गका घर घरमा पुगेर उनिहरुको समस्याका बारेमा बुझ्दै चिसोले कठ्याङ्ग्रिएर बसेका जेष्ठ नागरिकलाई, बालबालिकालाई कम्मल समेत बितरण गरिरहेकि चौधरीले आफ्ना नागरिकको हरेक दुःख सुखमा साथमा रहने बताइन् ।

एउटा स्वच्छ र स्वस्थ नागरिकको उत्पादनमा शारिरीक तथा मानसिक विकासको महत्वपूर्ण भूमिका रहेको पनि नेतृ चौधरीले बताइन् ।


