इटहरी वडा नम्बर ४ ले दलित समुदायका नागरिकहरुका लागि दुई दिने कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा मा रहेको दलित समुदायका नागरिकहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमको पहिलो दिन इटहरी वडा नम्बर ४ दलित महिला सदस्य दिलु बराइलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सुरु गरिएको थियो भने कार्यक्रमको दोस्रो दिन कोसी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता साथै जनप्रतिनिधि विशेश्वर पोख्रेल, लक्ष्मी चापागाईं, अमृत बस्नेत, वडा सचिव अर्जुन सुवेदी समाजसेवी सुनिल कार्की लगायत वडा नम्बर ४ का बिभिन्न टोल विकास संस्थाका १०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम सहजकर्ता डम्बर बराइलिले बताउनुभयो ।

`कानुनले अधिकार दिएको छ, तर व्यवहार उस्तै छ, त्यसको समीक्षा गर्नु पर्ने, , नत्र त्यो खोस्टामा रहने, त्यसलाइ अक्षरश पालना गर्नु पर्ने कोसी प्रदेश सभा सदस्य भण्डारीले बताउनुभयो ।
अझै पनि जातीयताको समस्या यथावत रहेकोले जातियताको समस्या समाधान हामी सबै लागिपर्नु पर्ने वडा अध्यक्ष लामाले बताउनुभयो । उपस्थित सहभागीलाइ अधिवक्ता डीबि शाह शंकर ले समुदायको राजनितिक, शैक्षिक, आर्थिक अवस्थाको बिषयमा सहजिकरण गर्नुभएको थियो ।


