इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । 

जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त  क्रियाकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सुरू भएको पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु पदाधिकारी  र हालका स्ववियु समिती बिच डोरी तान खेल भएको थियो । 

क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुका सभापति सहदेव काफ्लेको अध्यक्षतामा उद्घाटन भएको खेलको उद्घाटन समाहरोमा बोल्दैे स्ववियुले विधार्थीको सवाङर््गिण क्षमता अबिवृद्धी गराउन विभिन्न काम कारबाही गर्दै आएको र छात्राबास बनाउन नगर प्रमुख, क्याम्पस संचालक समितिले सहजीकरण गर्दिनु पर्ने जोडदार माग गर्नु भएको छ ।

स्ववियुले तयार गरेको क्यालेन्डर अनुसार नै सप्ताहव्यापी खेलकुद संचालन गरेको र विधार्थीकको समस्यको सहजिकरण गरेको काफ्लेले प्रष्ट पर्नु भएको छ । क्याम्पस प्रमुख डा. गिता अधिकारीले विगत देखि क्याम्पसले सप्ताव्यापी खेलकुद गराउदै आएकोमा कोरोनाको कारण केहि समय गर्न नसकेको स्मरण गर्दै यस वर्ष देखि स्ववियु कपका रुपमा स्थापित गरेको र आगामी दिनमा यस्ता क्रियाकलापहरु गर्ने र गर्दै आएको बताउनुभयो । स्ववियु कप भएको र स्ववियु नै आयोजक भएको सो खेलकुदको क्याम्पस संरक्षक रहेको समेत अधिकारीले बताउनु भयो । 

खेल उद्घाटनको क्रममा  बोल्दै प्रमुख अतिथि इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जनता बहुमुखी क्याम्पसको स्ववियु भवन, क्याम्पस आउने बाटोलाई स्तरउन्नति गर्दिने , आफू पुर्व विधार्थी साथै पुर्व स्ववियु सभापति भएको नाताले आफ्नो तर्फ बाट गर्ने कुनै कसर बाकी नराखि क्याम्पसको गुणस्तर वृद्धी गर्ने पौडेलले बताउनु भएको छ ।IMG_20240207_175359

खेलकुदमा अन्तर क्याम्पस फुटबल प्रतियोगिता हुने छ भने,   भलिबल, डोरी तान, कबड्डी, म्याराथन, टेबलटेनिस, बुद्धिचाल, छेलो, हाइजम्प, लङजम्प, लगायतका खेलहरुमा क्याम्पसका विधार्थी मात्र सहभागि हुने स्ववियू सचिव अजुर्न राईले जानकारी गराउनु भएको छ ।  उद्दघाट्न समाहरोमा क्याम्पस संञ्चालक समितिका अध्यक्ष विकास के. सी, सदस्य विकल रेग्मी, कविन्द्र के.सी, प्राध्यपक, कर्मचारी विधार्थी यूनियनका पदाधिकारी, विधार्थीको विचमा खेलकुद सप्ताह उद्धघाटन गरिएको हो ।