इटहरी / इटहरी १७ मा माघ २ गतेदेखि सुरू भएको प्रथम वडा अध्यक्ष क्रिकेट टुर्नामेन्टको विजेता फुलबारी क्रिकेट क्लब इनरुवा भएकोे छ ।
सगरमाथा युवा क्वल इटहरी १७ को आयोजनामा स्थानीय खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्य सहित सुरू भएको फाइनल खेल फुलबारी क्रिकेट क्लब इनरुवा भर्सेस स्टन बुलेट क्रिकेट क्लब दुहबी बिच खेल भएको थियोे । खेलको बिजेता इनरुवाले २५ हजार नगद हात पारर्योे भने उपविजेता टिम दुहबीले १५ हजार नगदमा चित्त वुझाएको हो ।
खेलको म्यानअफ दह म्याज इनरूवाका खेलाडी सोनु मण्डलले ५२ बलमा १ सय ७ रन जोड्दै म्यान अफ दह म्याच भएका हुन् । टस जितेर ब्याटिङ गरेको इनरुवाले २० ओभरमा १७५ रनको टार्गेट दिदै २६ रनले जित हासिल गरेको हो । दुहबी टिमले ७ विकेटको क्षयतिमा १४९ रन बनाउदै उप विजेता बनेको हो ।
कार्यक्रमका प्रमुख अतिथी इटहरी १७ का वडाध्यक्ष प्रभात कुमार आचार्यले खेलाडीहरू देशका गहना हुन् भनेर खेलाडीहरूलाई वडा स्थरीय क्रिकेट टुर्नामेन्टले अरू वडामा पनि यसको सन्देश जान्छ भनेर क्रिकेट आयोजना गरिएको बताउनुभयो । वडा नम्बर १७ मा खेल क्षेत्रमा खेलाडी जुरमुराएर अघि बढेको उहाँको भनाइ छ । वडामा यस्ता खालका खेल अझै हुने उहाँको भनाइ छ ।
क्वलका अध्यक्ष मोहमद इसराफिल हुसैनको अध्यक्षतामा कार्यक्रम भएको थियो । खेडालीहरुलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजनाले सहयोग पुर्याउने क्लका अध्यक्ष हुसैनले बताउनुभयो । स्थानीय खेलाडी भुपाल लुइँटेललाई सम्मान गरिएको थियोे ।
समापन कार्यक्रममा इटहरी १० का वडा अध्यक्ष अबधेश चौधरी ,पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार झा, वडा सदस्य कासि मियाँ , महिला समाजसेवी सलिना खड्का , कृष्ण कार्की ,युवा समाजसेवी तथा खेलकुद प्रेमि कृष्णकुमार चौधरी ,बुद्धिजीवी ,खेलाडी , स्थानीय लगाएतको उपस्थिति रहेको थियोे । सुनसरी जिल्लाका विभिन्न १२ वटा क्लवको सहभागिता रहेको थियोे ।


