मोरङ / सुन्दरहरैचाको सुबिजीमुर स्कूलले प्याब्सन कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि उचालेको छ ।

 बिहीबार मोरङको सुन्दरहरैँचास्थित दुर्गादेवि कवर्ड हल सलकपुरमा प्याब्सन कोशी प्रदेशद्वारा आयोजित  प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा पथरीशनिश्चरे ०२ को रेडस्टार माविले प्याब्सन कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको हो।

 रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको मौलिक “ मुन्डा“ नृत्य मोरङ जिल्लामा समेत दोस्रो स्थान हासिल गरी प्रदेश स्तरीय नृत्य प्रतियोगिताका लागि छनोट भएको थियो। 

निजी तथा आवासीय संस्थागत विद्यालयहरुको छाता संगठन –प्याब्सन) का केन्द्रिय पूर्वअध्यक्ष टीकाराम पुरीको प्रमुख आतिथ्यतामा तथा प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा  प्याब्सन अन्तर्गत कोशी प्रदेश भरिका जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम र दोस्रो भएका विद्यालयहरुले प्रदेश स्तरीय नृत्य प्रतियोगितामा सहभागिता जनाएको  प्याब्सन मोरङ  सदस्य राजु तिम्सिनाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश भरिका ११ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए।IMG-20240215-WA0199