दमक / नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको विस्तारित बैठक बिहीबार झापाको दमकमा सम्पन्न भएको छ।
नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षता महासंघ अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव बिप्लब घोस,केन्द्रीय सचिव सन्तोष बान्तवा, स्थाइ कमिटी सदस्य रोहित कोइराला, सन्तोषि राइ, उमेश सुबेदी, इस्वर बिक्रम शाह, सिपि पौडेल लगायत कोशी प्रदेशका विभिन्न
जिल्लाबाट विस्तारित बैठक सहभागी हुन आएका खेलकुद महासंघका पदाधिकारी तथा सदस्यलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले सबैको जीवन केही न केही रुपमा खेलमा जोडिने हुँदा खेल जीवनको महत्वपूर्ण हिस्सा भएको बताउँदै खेलकुद महासंघमा युवालाई जोड्दै समाज रूपान्तरण गर्ने जिम्मेवारी बहन गर्नुपर्ने र संगठनमा बसेर जिम्मेवारी वहन नगर्ने सदस्यहरुलाई बिदा लिन आग्रह गर्नुभयो ।

नेकपा एमाले पार्टी केन्द्रीय सदस्य दिपक कार्की, गिता अधिकारीले खेलकुदका क्षेत्रमा महासंघले गरिरहेको कामको प्रशंसा गर्दै महिला तथा युवा हरुको सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो ।

समग्र खेलकुदको विकासमा लागेर हिजो अरुले गरेकोभन्दा राम्रो काम गर्ने अपेक्षा आफूहरुले र संगठनले गरेको नेपाल खेलकुद महासंघ कोशी प्रदेश इन्चार्ज बिप्लब घोसले बताउनुभयो ।

भेलाले यही मिति २०८० फागुन २१ गते हजारौं को संख्यामा झापामा केपि ओलिको प्रमुख आतिथ्यतामा ५ किलोमीटर दुरीको "केपी ओली रन २०८०" आयोजना गर्ने र ५० हजार रासिको पुरस्कार राखिने साथै बैसाख सम्ममा राष्ट्र स्तरीय भलिबल प्रतियोगिता समेत गर्ने निर्णय गरेको कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।



