इटहरी / इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू भएको छ ।

``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा आज गतेदेखि वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

आजको पहिलो खेलमा इटहरी २ नम्बर वडाका खेडाली र इटहरी १५ नम्बर वडाका खेलाडी बिच प्रतिस्पर्धा भएको थियोे । इटहरी वडा नम्बर २ ले ३ गोल प्रहार आजको खेलको विजेता भएको हो ।हाप पछिको खेलमा इटहरी १५ ले २ गोल प्रहार गरेको थियोे ।  खेलको म्यान अफ द म्याच इटहरी २ खेलाडी सिजल राईले १ हजार पुरस्कार पाएका थिए ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक कोबिद  जंग कार्कीले बताए ।दैनिक म्यान अफ द म्याच हुनेलाई १ हजार नगद दिइने भएको छ ।

खेलाडीहरू देशका गहना भनेर खेलाडीहरूलाई वडा स्थरीय फुटबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाको वडा नं. १ का वडाध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका कार्यबाहक मेयर रतन कार्की (कैलाश) ले  बताउनु भयो ।

युवाहरुलाई एकत्रित गर्ने तथा युवाहरुको खेलप्रतिको मोहले सबै इटहरी उपमहानगरपालिकाका युवाहरु खेलको माध्यमबाट नजिक ल्याउन सहयोग मिल्ने उद्देश्यले  फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजना क्लका अध्यक्ष यामकुमार राइले बताउनुभयो ।फाइनल खेल फागुन १३ गते हुने भएको छ ।

खेलमा  विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका वडा नं. १ का वडासदस्य हरिहर चौधरी,इटहरी उपमनपा वडा नं. १ का महिला वडासदस्य कुमुद चौधरी , इटहरी वडा नं. २ का  वडाध्यक्ष माधवप्रसाद कोइराला,कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपाने , राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत , क्लबका प्रतिनिधि तथा खेलाडी ,हाँसपोसा युथ क्लबका अध्यक्ष सुमन दाहाल , अतिथिमा दाहाल,राहुल बस्नेत , अर्जुन बस्नेत ,  डिके राई , इटहरी २० का वडा सदस्य बहादुर तामाङ , विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय खेलाडी लगाएतको सहभागीता रहेको थियोे ।

IMG-20240218-WA0165