इटहरी / इटहरीको दोस्रो वडा कप फुटबलको इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ ।

“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ।

इटहरी वडा नम्बर ५ र इटहरी वटा नम्बर १ बिच भएको प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा  ५ नंम्बर वडालाई ५- ६ गोल ले हराउदै १ नम्बर वडा इटहरी-१ आपगाछीमा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडण पाएको छ भने उपविजेता टिम इटहरी वडा नम्बर ५ ले ३० हजार रुपैयाँ प्राप्त गरेको हो । पेनाल्टी सुट आउट वडा न १-६ गोल  र वडा नम्बर ५-५ गोल भएको थियोे ।

बिधा तर्फ का उतकृष्ट खेलाडीमा म्यान अफ द म्याच १  नंम्बर वडाका मनिष माझीलाई नगद  १ हजार  नगद सहित ट्रफि लिएको कार्यक्रम संयोजक कोबिद जंग कार्कीले बताए । बेष्ट गोल किपरमा १  नंम्बर वडाका मनिष माझीलाई नगद  दुई हजार नगद सहित  ट्रफि , बेष्ट डिफेन्समा ५ नंम्बर वडाका  मनिष भण्डारीलाई दुई हजार नगद सहित ट्रफि दिएको हो ।  

खेलको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै इटहरी सरकारले खेल क्षेत्रमा सहयोग गर्ने बताए ।

खेलाडीहरूलाई देशको गरिमा भन्दै उनीहरूलाई वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताउँदै इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन कार्कीले बताए ।

युवाहरूलाई एकत्रित गर्ने र खेलप्रति आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष यामकुमार राईले बताए  । 

वडामै वडा फुटबल कप आयोजना हुदा स्थानीय खेलाडीहरूलाई खेल क्षेत्रमा सहयोग पुग्ने इटहरी वडा नम्बर १ का  वडाध्यक्ष रतन कार्की (कैलाश)ले बताउनुभयो ।

इटहरीमा यसरी वडा कप प्रतियोगिता हुदा खेलाडी खेल क्षेत्रमा सहयोग हुने इटहरी  वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेले बताउनुभयो ।IMG_20240225_211824

सो समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडासदस्य हरिहर चौधरी, इटहरी  नं. १ का महिला वडासदस्य कुमुद चौधरी , युथ क्लबका पुर्व अध्यक्ष हर्कबहादुर लुइटेल ,समाज सेवि तथा कलाकार रितेश जंग पौडेल ,राहुल बस्नेत ,   अतिथिमा राहुल बस्नेत , दिल कुमार राई ,अर्जुन बस्नेत  विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय खेलाडी लगाएतको सहभागीता रहेको थियोे ।