इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ ।

    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो ।

IMG_20240229_104208

   वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन l

IMG_20240229_104405

पछिल्लो समयमा  जङफुडका कारण दाँतमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज क्लब अफ इटहरीले आयोजना गरेको दन्त शिविरमा मनकामना डेन्टल क्लिनीक एण्ड अर्थोडोन्टिक केयर इटहरीले प्राविधिक सहयोग गरेको डाक्टर सुजन गौतमले बताए  ।

IMG_20240229_104244

शिविरमा २ सय १५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविरमा दन्त परिक्षणका लागि आएका वालवालिकाहरुलाई दाँतको सुरक्षाका विषयमा सहजिकरण सहित तुथपेष्ट र ब्रस वितरण गरियो ।

विद्यार्थीहरुलाई होप धरानका अध्यक्ष निश्चल पलिखे , किवानिस क्लव अफ धरानका अध्यक्ष विक्की श्रेष्ठ , सरस्वती सतन माविका प्रधानाध्यापक बासुदेव कर्ण लगायतले तुथपेष्ट र ब्रस वितरण गरेका थिए ।