नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आज सम्पन्न गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधी पूरुष तर्फ दिनेश कुमार यादव र महिला तर्फको उपाधी राममाया बुडाले जीत्नु भएको छ ।
झापाको चारपाने चोकबाट इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्क सम्म(१०) किलोमिटर दुरीको दौडमा यादव र बुडाले उपाधी जीत्नु भएको हो ।
बिजेता बन्नु भएका दुवैजनाले जनहि ५१ हजार हजार रुपैँया नगद , मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलीसकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बन्नु भएको हो भने महिला तर्फकी बिजेता बुडाले ५९ मिनेटमा दुरी पार गर्नु भएको थियो ।
यसै गरी पूरुष तर्फ सन्दिप बस्नेत द्वितीय बन्नु भएको छ । उहाँले ५३ मिनेट ४ सेकेण्ड ८ मिलिसेकण्डमा तोकीएको दुरी पार गर्दै द्वितीय बन्न सफल हुनु भयो । यता पुष्पा भण्डारीले १ घण्टा ३ मिनेट ९ सेकेण्डमा दुरी पार गरेर महिला तर्फको द्वितीय स्थान हासील गर्नु भएको हो । दुवैजनाले जनिह ३१ हजार नगद, मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

यसै गरी पवन कार्कीले ५४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै पूरुष तर्फको तृतिय बन्दा महिला तर्फ फूलमती रानाले १ घण्टा ३ मिनेट ४ सेकेण्ड अवधिमा सो दुरी पार गर्दै तृतिय हुनुभयो । दुवै जनाले जनहि नगद २१ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो ।
यसै गरी दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरीएको प्रतियोगीताको मुल आयोजक उप समिती संयोजक प्रकाश बस्नेतले जानकारी दिनु भयो ।
प्रतियोगीतामा देशभरबाट ४ सय ४८ जना सहभागी भएका थीए ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेत, केन्द्रीय सचिव बिप्लब घोष, सन्तोष बान्तवा सहित स्थानीय जनप्रतिनिधि, सहिद परिवार हरूको उपस्थित रहेको थियो ।
झापा आन्दोलन अन्तर्गत सुखानी दिवस समेत रहेको र कम्यूनिष्टहरुले २०२८ सालमा गरेको वर्ग संघर्षको आन्दोलनका क्रममा पाँच जना शहिदहरुले शहादत प्राप्त गरेको ऐतिहाँसिक ठाउँ सुखानी पार्कमा प्रतियोगिताको समापन गरीएको नेपाल खेलकुद महासघं कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।


