बिर्तामोड / नेकपा एमालेको शहीद सप्ताह समापनको दिन पारेर आयोजना गरिएको केपी ओली रोड रेस २०८० लाई सम्बोधन गर्न सुखानी आउनुभएका नेपाल खेलकुद  महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले खेलकुदको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयदेखि विश्वविद्यालयसम्म र गल्लीबाट चोकचोकसम्म खेलाडी उत्पादन र खेल जीवनको भविष्यको लक्ष्य बनाएर अघि बढिएको बताउनुभएको छ।

केन्द्रीय अध्यक्ष बस्नेतले स्वस्थ जीवनको लागि र  भएकोले खेल जीवनबाट नै युवाहरूको भविष्य सुनिश्चित गर्न लागि परेको बताउनुभयो ।

IMG_20240304_085540

बिर्तामोडको चारपाने चोकबाट सुरु भएको १५ किलोमिटर लामो केपी ओली रोडरेस आयोजना लाई नेकपा एमालेका केन्द्रीय नेताहरु युवराज ज्ञवाली, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघ इन्चार्ज कर्ण बहादुर थापा,  योगेश भट्टराई, गीता अधिकारी रोम ओली होम थापा प्रेमगिरी महेश बस्नेत लगायतले सम्बोधन गर्दै झापा विद्रोहका सहिदहरूको स्मृतिमा गरिएको यो कार्यक्रमले नेकपा एमालेको अझ इज्जत र प्रतिष्ठामा वृद्धि भएको शुभकामना मन्तव्य राख्नुभएको थियो। 

IMG_20240304_102236