इटहरी / इटहरीमा कवि उपेन्द्र सुब्बाको ‘कविता कन्सर्ट’ सम्पन्न भएको छ ।

लियो काउन्सिल डिस्ट्रिक २३५ सि नेपालको आयोजनामा भएको कार्यक्रममा कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको कविता कन्सर्ट सम्पन्न भएको छ । शनिबार साँझ लायन्स क्लबको सभाहलमा आयोजना गरिएको कविता कन्सर्ट कार्यक्रममा कवि सुब्बाले आफ्ना एक दर्जन कविता सुनाएका थिए ।

पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर समापन भएको हो । कार्यक्रममा अभिनेत्री मिरुना मगर र अभिनेता प्रविण खतिवडा लगाएत कलाकारहरूले यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’का चलचित्र हेर्न अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले चलचित्र क्षेत्रलाई कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

युवा पुस्तालाई कविता लेखन र पठनमा आकर्षित गर्न सन् २०१८ बाट इटहरीमा कविता कन्सर्टको आयोजना गर्न थालिएको अभियन्ता युवराज काफ्लेले बताए ।

उनका अनुसार पहिलो र दोस्रो संस्करणमा कवि नवराज पराजुली, तेस्रो संस्करणमा कवि नदिश र चौथो संस्करणमा कवि सुब्बाले प्रस्तुति दिएका हुन् । कार्यक्रममा कविहरूका तर्फबाट डा.रामजी तिम्सिनाले मन्तव्य राखेका थिए ।  डिस्ट्रिक प्रेसिडेन्ट नवराज खड्काको अध्यक्षतामा सम्पन्न  भएको हो ।IMG_20240429_133344