नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको छ ।
नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको हो ।

जेष्ठ ४ गते इटहरी उपमहानगरपालिका अगाडि मितेरी होटल प्राङ्गणमा बिहान ६:३० बजे देखि ९ बजे सम्म नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने नेकपा एमाले इटहरी नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाले बताउनु भयो।



