इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको लिटल पिस हेभन इङलिस ऐकेडेमिले स्कुल कप्तानको अनलाइन भोटिङ सिस्टमको प्रयोग गरि प्रत्यक विद्यार्थीको चुनाव गराएको छ ।
अहिलेका ८ वर्ष देखि १५ वर्ष सम्मका विद्यार्थीहरु बालिक मतदाता हुने समयसम्म सरकारले डिजिटल भोटिङ सिस्टमको अवलम्बन गर्नेछ भन्ने अनुमान राखी विद्यालय स्तरमा भएको ज्ञान दिने हेतुले यो कार्यक्रम विद्यालय परिसर भित्र आयोजना गरिएको लिटल पिस हेभन इङलिस ऐकेडेमिका शिक्षा निर्देशक नबिन सुवेदिले जानकारी दिनु भयो ।
विद्यार्थीको शैक्षिक गुणस्तरका लागि बिध्यालयले प्रतेक शूक्रबार अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको विध्यालयका प्रिन्सीपल कुुसुम राइले बताउनु भयो ।
अतिरिक्त क्रियाकलाप प्रमुख सिमन्त राइ, सामाजिक शिक्षक सुरज पौडेल, अंग्रेजि शिक्षक आइसा चौवान, नेपाली शिक्षक प्रविन निरौला लगाएत सबै शिक्षक शिक्षिकाको सक्रिय सभागितामा विद्यार्थीलाइ आज अतिरिक्त क्रियाकलाप गराइएको हो ।

