इटहरी / इटहरी वडा नम्बर २ स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकले आयोजना गरेको निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८  सय ७० जना बढीले सेवा लिएका छन् ।

विश्व थाइराड दिवसको अवसर पारेर   इटहरी २ बरगाछि स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकको आयोजना र NOVATECH Superspeciality Diagnostic Service को प्राविधिक सहयोगमा निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।

नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको उपकार मेडिसिन सेन्टरका सञ्चालक कूलबहादुर कार्कीले बताए । रोग लाग्नुभन्दा अगावै आफ्नो शरीरको स्वास्थ परीक्षण गराएर समयमा रोगदेखि सावधान हुन सहज पुग्ने उनको विश्वास छ ।

धेरै मोटाउने वा दुब्लाउने भएमा ,मुटुको धडकन छिटो छिटो भएमा , कबजियत हुने वा धेरै दिसा लाग्ने भएमा, काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा, छाला सुख्खा हुने वा नङ भाँचिने भएमा, धेरै गर्मी वा जाडो महसुस भएमा, घाटी सुन्निएमा, महिनावारी गडबडि भएमा, कपाल धेरै झरेमा आखाँ हेर्न असजिलो भएमा थाइराइड जाँच गर्नु पर्छ ।IMG_20240525_080335

गत साल समेत भएको निःशुल्क रक्त परीक्षण, थाइराइड हर्मोन, सुगर, प्रेसर जाँचमा चार सय २८ जनाले सेवा लिएका थिए ।IMG_20240525_075752IMG_20240526_122552