इटहरी / पुर्वासन्ध्या भोलि अर्थात् जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर  इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरूलाई गणतन्त्रको मर्म , वर्तमान अवस्था र यसको विषयक विमर्श गराइएको छ ।

गणतन्त्र दिवसको अवसरमा इटहरी लेडी जेसिजद्वारा विद्यार्थीसँग जेसीज  अन्तर्गत गणतन्त्रको मर्म , वर्तमान अवस्थाको विधार्थीलाई जानकारी गराइएको हो । कार्यक्रममा भेसजा काफ्लेले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा  दिनेश पोखरेल , विनोद पौडेल , मन्दिप भट्टराई ,  रिता न्यौपानेले , एमएन धमलाले , राजनीति , सामाजिक घटना , गणतन्त्र लगाएतको विषयमा  जनता क्याम्पसका विद्यार्थीहरूलाई विमर्श गराएका थिए ।

 विद्यार्थीसँग जेसीज अन्तर्गत कार्यक्रमले गणतन्त्रको तत्कालीन जानकारी गराएको र जेसिज इटहरीको एउटा महत्त्वपूर्ण सस्था भएको बताउदै बिद्यार्थी जेसिज सग आवद्ध हुन अनुरोध   प्रमुख अतिथि जनता क्याम्पस संचालक समिति विकास केशीले बताए । 

क्याम्पसका विद्यार्थीहरू सग  गणतन्त्रत्म व्यवस्था बारेमा विमर्श गराएको   इटहरी लेडि जेसिजकी अध्यक्ष  इन्दिरा काफ्लेले बताउनुभयो । विधार्थीले पछिल्लो समयको राजनीति घटना परिवेशको विषयमा बुझेका उहाँको भनाइ छ ।

सो कार्यक्रममा क्याम्पस प्रमुख डा.प्रा.  गीता अधिकारी, इटहरी लेडी जेसिजदका पदादीकारी, प्राध्यापकहरू ,क्याम्पसका विद्यार्थी लगाएको बाक्लो सहभागी  बिमर्श गरिएको  हो ।IMG-20240527-WA0002 1IMG_20240527_075245