बेलबारी बेलबारीमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एडुकेसन र बेलबारी नगरपालिकाको संयुक्त आयोजनामा गणित कार्यशाला सम्पन्न भएको छ ।

 २०८१ जेठ १३ देखी १५ सम्म संचालित ३ दिने गणित कार्यशालामा बेलबारी नगरपालिकाका १२ वटा सामुदायिक माद्यमिक विद्यालय र ७ वटा सामुदायिक आधारभूत विद्यालयका ३१ जना गणित शिक्षकहरुको सहभागिता रहेको थियोे ।

बेलबारी नगरपालिका नगरप्रमूख दिल प्रसाद राईको प्रमुख अातिथ्यतामा भएकाे  कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहजकर्ता सचिन पौडेल, शंकर भट्ट र तेजकुमार न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए ।

 गणितका विभिन्न विषयहरु सामाग्री निर्माण, प्रश्नपत्र निर्माण तथा बैदिक गणितका विषयमा  भएको सहजीकरणमा शिक्षकहरुको उत्साहजनक सहभागीतामा भएको र सिकेका कुरा ब्यवहारमा उतार्नुपर्ने शिक्षा शाखा प्रमूख एलिना बस्नेतले   बताइन  

444479808_972359724422189_2670595587742215267_n

कायक्रममा विशिष्ट अतिथीको शिक्षा शाखा प्रमूख एलिना बस्नेत, विशेष अतिथी काठमाडौँ विश्वविद्यालयका प्रतिनिधि सि.एम. बस्नेतका साथै  विज्ञान शिक्षक समाज नेपाल, कोशी प्रदेश अध्यक्ष अभय लिम्बूको उपस्थिति रहेको थियो ।

समापन समारोहमा शिक्षक प्रतिनिधिहरुले आफ्नो धारणाहरु राख्ने क्रममा कार्यक्रम अत्यन्तै सफल भएको र आफूले सिकेका सीपहरु कक्षाकोठामा समेत प्रयोग गर्न सकिने रहेको बताए । उनीहरुले यस्ता कार्यक्रम भविश्यमा समेत सञ्चालन भए लाभान्वित हुने विश्वास राखेका थिए ।

कार्यक्रममा शिक्षकहरुको प्रक्रियाहरुलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमूख बस्नेतले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने र शिक्षकको क्षमता विकासमा ध्यान पुर्याउने बताए  । कार्यक्रममा काठमाडाँै विश्वविद्यालयका प्रतिनिधि सि.एम. बस्नेतले आजको आवश्यकता भनेको STEAM EDUCATION हो जसले हरेक विषयहरुलाई जोड्ने र गणित विषयमा मात्र नभई सम्पूणर् विषयहरुमा ART तथा Creativity को  Integration गरिनुपर्ने बताए  

       गणितको यस ३ दिने कार्यशालाले शिक्षकहरुलाई गणित कक्षाकोठामा सरल रुपमा बुझाउन, जीवनसँग जोड्न तथा विद्यार्थीहरुलाई रुची बढाउन समेत मद्धत पुग्ने  सि.एम. बस्नेतले बताए

444480747_972359801088848_8123787922150738961_n

कार्यक्रमको समापन समारोहमा प्रमूख अतिथी राईले गणितको महत्वबारे प्रकाश पार्दै शिक्षकको भूमिका विद्यार्थीको भविश्य निर्माणमा अहम हुने कुरा बताए । गणित सर्बत्र रहेको र यस्ता कार्यक्रमले शिक्षकहरुको क्षमता अभिवृद्धि पुर्याउन सहयोग समन्वय काठमाडाँै विश्वविद्यालयले गरिदिएकोमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन ।। कार्यक्रमको अन्त्यमा सहभागी शिक्षकलाई नगरप्रमूख राईले खादा तथा प्रमाणपत्रले सम्मान गर्दै कार्यक्रमको समापन गरिएकाे  थियो ।

444944743_972360101088818_7221241969828023076_n