दुहबी / दुहबी नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय सुनसरी को सहकार्य , करुणा फाउण्डेशन नेपाल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशी प्रदेश को सहयोगमा मिती २०८१/जेष्ठ ९ देखि ११ गते सम्म सन्चालित महिला हरुमा देखिने बिभिन्न रोग हरुको पहिचान, उपचार, निदान सम्बन्धि ३ दिने निशुल्क स्कृनिङ सिबिर सम्पन्न भएको छ्। 

दुहबी नगरपालीकाले प्रथम चरणमा आधारभूत स्वास्थ्य केन्द्र ०९ , स्वास्थ्य चौकी सिमरिया वार्ड न १० र स्वास्थय चौकी दुहबि वार्ड न ०१ मा BPKIHS धरान का बिषेशज्ञ चिकित्सकहरु द्वारा सन्चालन गरिएको महिला तथा दम्पत्तीहरुका लागि प्रजनन रुग्नता (पाठेघर मुखकाे क्यान्सर , आङ खस्ने समस्या, बांझोपन, फिस्टुला र स्तन क्यान्सर )को एकिकृत जांच शिविर सन्चालन गरेको थियो। उक्त शिबिरमा जम्मा ७४८ सेवाग्राहिले शारिरिक जांच गराएका थिए। जांच गराएका मध्ये ७ जनामा पाठेघर मुखको क्यान्सर,१९ जना मा स्तन क्यान्सर,५७ जनामा आङ खस्ने समस्या र ६३ जनामा बाँझोपनको समस्याको आशंका गरिएको स्वास्थ्य शाखाकि पिँङ्की भगतले बताइन।   

शंकास्पद सेवाग्राही हरुको ३ दिन सम्म सन्चालित शिविर बाट रिङ पेसरी , औषधी र थेरापी द्वारा उपचार तथा परामर्श सहित थप निदान गरिनु का साथै थप आवस्यकिय उपचार का लागि BPKIHS धरान रेफर गरिएको थियो । महिला हरुको मृत्युको कारक बन्दै आएको यस्ता भयानक रोग को बारेमा दुहबी नगरपालीकाले शिबिर सन्चालन मार्फत यस्ता रोगबाट कोहि महिला पनि मृत्युको सिकार नबनुन बरु समयमै रोगबारे पहिचान भै समयमै उपचार गरि स्वास्थ्यलाभ गरुन भन्ने उदेश्यले शिविर आयोजना गरेको दुहबी नगर प्रमुख बेद गच्छादार ले बताए  ।