इटहरी / “अबको अभिभारा विश्वबाट पलियो रोग उन्मुलन गराउने हाम्रो जवाफदेहिता” भन्ने मुलनारालाई आत्मासाथ गर्दै, सुनसरी जिल्लाका  १२ वाटै पालिकामा २२ गते देखि २६ गते सम्म पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य कार्यलय सुनसरीले जिल्ला खोप समिति तथा सरोकारवालाहरु सँग अभिमुखिकरण कार्यक्रम गर्दैै २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएका ५ वर्ष ५ महिना देखि ८ बर्ष सम्मका बालबालिकाहरुलाई लक्षित गरेर खोप लगाउन लागिएको जानकारी दिएको होे ।

१२३ वटा स्वास्थ्य संस्था, ६७२ खोप केन्द्र गरि अनुमानित ४२१२० जना बालबालिकामा खोप लगाइने स्वास्थ्य कार्यलय सुनसरीले जानकारी गराउदै, ७४८ जना स्वास्थ्यकर्मीका साथमा १४९६ जना स्वयंसेवक टिम पोलियो खोप सञ्चालनको लागि परिचालन गरिएको छ ।

सरोकारवाला निकाय सँगको समन्वय गरेको र खोपका लागि आवश्यक सामग्री समेत खोप केन्द्रमा पुगेको हुदाँ भोलिबाट पोलियो विरुद्यको खोप सञ्चालन हुने स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाइँले जानकारी दिए । 

पोलियो भाइरसको संकमणबाट पक्षघात हुनसक्ने साथै संक्रमित व्यक्तिको मृत्यू समेत हुनसक्ने जनाउदै  सबैले खोप लगाउनु पर्ने समेत स्वास्थ्य कार्यलय सुनसरीले जानकारी दिएको छ । १२५ जना भन्दा बढी बिधार्थी भएका विधालयहरुमा खोप केन्द्र रहने छ ।