इटहरी / इटहरीमा विराटनगर आँखा अस्पताल अन्तर्गतको इटहरी आँखा अस्पतालको आयोजनामा आँखा सेवाको प्रभावकारी सम्बन्धमा सहयोगीसँगको अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

आयोजकले इटहरीका ५० जना आँखाका समस्या भएकालाई सहभागी गराएर आँखाको विषयमा जानकारी गराएको थियोे । विराटनगर आँखा अस्पतालको इटहरीमा शाखा सञ्चालन गरेर आँखाको समस्या भएकालाई उपचार गर्ने भएको छ । आँखा सम्बन्धि सेवा गर्नेलाई प्राथमिकता दिएको थियोे ।

नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराई, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव संजिव वाग्ले, नागरिक समाज इटहरीका पुर्व अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसी र माया घर इटहरीकि अध्यक्ष शुभद्रा प्याकुरेलाई वक्ता बनाएर विराटनगर आँखा अस्पतालका प्रशासनिक प्रमुख कुमार पृतुले ४ जनालाई अन्तरक्रिया गराएका थिए ।  आँखा सम्बन्धि रोग कसरी लाग्छ , कारण के के हुन् र आँखाको रोग लागिहालेमा के गर्ने विषयमा अन्तक्रिर्या गरिएको थियोे ।

आँखाको रोग लागेका लाई इटहरीमा आँखा अस्पताल सञ्चालनमा ल्याएर आँखा रोगीहरूलाई उपचार गर्ने विराटनगर आँखा अस्पतालका प्रशासनिक प्रमुख कुमार पृतुले बताउनुभयो । 

आँखा सेवाको प्रभावकारी सहयोग गरेको वक्ताहरूले बताएका छन् । यस्तो कार्यक्रमले आँखा सम्बन्धि जानकारी पाएको कार्यक्रममा उपस्थितिले बताएका छन् । 

विराटनगरबाट सञ्चालित कोशी प्रदेशमा १७ वटा आँखा अस्पताल रहेका छन् । विराटनगर आँखा अस्पतालले कोशी प्रदेशका विभिन्न ठाउँमा निशुल्क आँखा शिविर गर्ने आएको बताएको छ ।IMG_20240609_132532