इटहरी / इटहरी १७ को बाल विकास इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा नगर स्तरीय अन्तर सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

सेभेन स्टार क्लबको आयोजनामा २०८१ असार १५ गते सनिवारका भएको खेल सेभेन स्टार क्ल्बका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता साथै नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिपि पौडेल, निवर्तमान अध्यक्ष , पुर्व अध्यक्ष , सल्लाहकार तथा पुर्व पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।

Screenshot_2024_0629_181954

इटहरी उप महानगरपालिकाका ६ वटा विद्यालयहरु श्री कचना मा.वि, श्री सहिद स्मृति आवसिय मा.वि, श्री सरस्वती जब्दी मा.वि., श्री पार्वती मा.वि., श्री महेन्द्र मा.वि.र श्री जनसहयोग मा.वि.को सहभागितामा भएको खेलमा  ४२ अङ्क ल्याएर श्री कचना मा.विले पहिलो स्थान हासिल गर्न सफल भइ पुरस्कार स्वरुप दश हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री, सिल्ड र मेडल प्राप्त गरेको थियोे , ३२ अंक ल्याएर श्री सहिद स्मृति आवसिय मा.वि ले दोस्रो स्थान हासिल गर्न सफल भइ पुरस्कार स्वरुप रु. सात हजार रुपैयाँ  बराबरको शैक्षिक सामाग्री, सिल्ड र मेडल प्राप्त गर्न सफल भएको थियोे , त्यस्तै २८ अंक ल्याएर श्री सरस्वती जब्दी मा•वि ले तेस्रो भइ पुरस्कार स्वरुप रु. पाँच हजार रुपैयाँ  बराबरको शैक्षिक सामाग्री, सिल्ड र मेडल प्राप्त गर्न सफल भएको सेभेन स्टार क्ल्बका अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।