विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १३ सय ३७ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ६ सय ३, व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ४ सय ९७ र होटल व्यवस्थापन संकाय तर्फ १ सय ५० सिटका लागि २ सय ३७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। कलेजले छिटो छरितो प्रवेश परीक्षा लिनका लागि लोकसेवा आयोगको जस्तै कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो। विराटनगरका नाम चलेका ठूला कलेजहरूको तुलनामा कान्तिपुर कलेज कम्प्युटर प्रविधि तर्फ आफूलाई जहिले अग्रपङ्तिमा राख्न सफल भएको छ । र त्यही कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । कलेजका प्रिन्सिपल भुवन नेपाल (भेषराज) ले प्रवेश परीक्षा दिएका मध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तीनवटै संकाय तर्फ सिट क्षमताको आधारमा भर्ना लिने जानकारी दिनुभयाे ।

२०७२ सालमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको कान्तिपुर कलेजले अहिलेसम्म शिक्षाका साथै खेलकुद सहित विभिन्न अतिरिक्त क्रियाकलापमा कान्तिपुर कलेजले आफूलाई अग्रस्थानमा उभ्याएकाे छ ।



