कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ । युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समुहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । विराटनगर–१० मा रहेको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसँगै अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल भएको हो । कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै सँधै उत्कृष्ट नतिजा ल्याइरहेको छ । कान्तिपुरमा अध्ययन गरेका आठ हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरी देश तथा विदेशका कलेजहरुमा अध्ययन गरिरहेका छन् । कान्तिपुरबाट उत्तिर्ण भएका विद्यार्थी मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा नाम निकाल्न सफल भएका छन् । त्यस्तै धेरै विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भईसकेका छन् । पढाई सँगसँगै कान्तिपुर कलेज अतिरिक्त क्रियाकलापमा पनि सँधै अगाडी छ । खेलकुद तथा अन्य विभिन्न विधामा पनि कान्तिपुर कलेजले विभिन्न उपाधि जितिसकेको छ । कलेजमा पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरी लगायत प्रदेश १ का विभिन्न जिल्लाबाट विद्यार्थी कान्तिपुर कलेजमा अध्ययन गर्न आउने गरेका छन् । विद्यार्थीको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र होस्टलको समेत व्यवस्था गरेको छ । कलेजले हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्दै आईरहेको । कलेजमा अध्ययनरत विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा समेत अव्वल रहँदै आईरहेका छन् । यसको श्रेय भने संचालकहरूलाई नै जान्छ । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा सँगसँगै कान्तिपुर कलेजले व्यवहारीक पक्षलाई पनि जोड दिने गर्दछ । विद्यार्थीहरूले सर्टिपिकेट मात्र प्राप्त गर्ने नभएर पढेका कुराहरूलाई व्यवहारमा उतार्नका लागि कान्तिपुर कलेजले समय समयमा विभिन्न आद्यौगिक भ्रमण समेत गराँदै आएको छ । कान्तिपुरले दक्ष प्राध्यापक र शिक्षकबाट पठन–पाठन गराउँदै आएको छ । विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस् भनेर तयारी कक्षाहरु समेत संचालन गदै आईरहेको छ ।
IMG-20240702-WA0020-Copy-976x1000 कलेजले प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने साथै एसइइ परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउने करिब १ सय विद्यार्थीलाई पूर्ण क्षत्रवृत्तिको समेत प्रदान गदै आइरहेको छ । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान विषयमा पठनपाठन गर्दै आएको कलेजले विराटनगरको मात्र नभएर कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको छ । कलेजले विद्यार्थिहरुलाई समय सापेक्ष विश्व बजारमा प्रतिष्पर्धा गराउन सक्ने योग्य र दक्ष बनाउन लागिपरेको प्रिन्सिपल भुवन नेपाल बताउँछन् ।