इटहरी / इटहरीको अवस्थित आकाश इन्सिचियुट प्रा.लि ले इन्सिचियुटमा अध्ययन पूरा गरि उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।

आकाश इन्सिचियुट प्रा.लि द्वारा इन्सिचियुटका संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।

इन्सिचियुटले ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको हो । ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियोे । संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै आएको युवा शिक्षा तथा खेलकुद महाशाखा ईटहरी नगरका अधिकृत फाल्गुणि काफ्लेले बताउनु भयो ।

बेरोजगारीका लागि प्राविधिक शिक्षा महत्त्वपूर्ण रहेको कार्यक्रमका विशिष्ट अतिथि प्राविधिक शिक्षा तथा तालिम परिषद् कोशी प्रदेशका निर्देशक संजय कुमार न्यौपानेले बताउनुभयो । प्राविधिक शिक्षा लिएका विद्यार्थीहरूले ८० प्रतिशत रोजगारी पाएको उहाँको भनाइ छ ।

प्राविधिक शिक्षा सिकेर पढ्नु पर्ने बताउनुभयो । २०८० मा एसईई दिएर बसेका विद्यार्थी र उच्च शिक्षा चाहाने विद्यार्थीहरूलाई बिदाई तथा सम्मान गरिएको आकाश इन्सिचियुटका कार्याकारी प्रमुख गोपाल निरौलाले बताउनुभयो ।

सक्षम हुन प्राविधिक शिक्षा हासिल गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीले बताउनुभयो । भविष्य बनाउन पढाइमा जोड दिएर अगाडि बढ्नु पर्ने उहाँको भनाइ छ  । 

बिदाई तथा सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा उन्नति प्रगतती गर्नका निम्ति यस्ता कार्यक्रमले सहजीकरण गर्ने आकाश इन्सिचियुट प्रा.लि का संस्थापक अध्यक्ष कमल तिम्सिनाले बताउनुभयो । नेपाल तथा विदेशमा रहेर उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको उहाँको भनाइ छ ।1720428234447

सो कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) पुर्वाअञ्चल शाखा प्रमुख रविन्द्र निरौला  ,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेल, राष्ट्रिय अनुसन्धान विभाग सुनसरी जिल्ला प्रहरी प्रमुख उपरीक्षक तुलसी कट्टेल , विद्यार्थी , संस्थाका कर्मचारी लगाएतको बाक्लो सहभागीता रहेको थियो ।आकाको विज्ञापन