इटहरी / इटहरीमा रहेको सिबि कलेजले कक्षा ११ का विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । कार्यक्रम सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख आतिथ्यतामा भएको थियो ।
स्वागत तथा विदाइ कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा उध्योग वाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, नेपाल रेडक्रस सोसाइटी इटहरी उपसाखा अध्यक्ष दिनेश भट्टराई लगायत समाजसेवी , बुद्धिजीवी, विद्यार्थीहरूको बाक्लो सहभागी रहेको थियोे ।



