इटहरी / इटहरीको सिबि कलेजद्वारा कक्षा ११ का  विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । 

सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको सभाअध्यक्ष तथा  इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।

स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका १ सय ५० जना विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का १ सय ५० जना विद्यार्थीलाई विदाई गरिएको हो । 

साथै कक्षा १२ की कानुन संकायमा कलेज टपर अनिता बस्नेत र विभन्न बिदामा उकृष्ट विद्र्याथीहरु लाइ पनी कलेजले सम्मान तथा पुरस्कृत गरेको थियोे ।

कार्यक्रममा विद्यार्थीहरुको हौसला बढाउन  चर्चित गायक श्रीकृष्ण लुईटेल बोकेद्रारीले प्रस्तुती गरेर विद्यार्थीहरूलाई नचाएर मनोरञ्जन गराएका थिए भने  सहभागी विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।  

क्वालिट भन्दा पनि शिक्षामा जोड दिएर अगाडि बढ्नु पर्ने कलेजका प्राचार्य खेमराज बास्तोलाले बताउनुभयो । विद्यार्थीलाई शिक्षा सँगै अब्बल बनाउनमनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको उहाँ भनाइ थियोे ।1722693495213

सीबी कलेजमा होटल व्यवस्थापन , विज्ञान , व्यवस्थापन , कानुन विषय पठन पाठन गराउदै आएको सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीले बताउनुभयो ।

कार्यक्रमका वत्ताहरुले पढाई सँगै जिवन स्तर उकास्न शिक्षालाई समाज सँग जोड्दै पेसा,व्यवसायसँग कसरी जोड्ने विषयमा  कलेजले सिकाउनु पर्ने इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालले बताउनुभयो ।

स्वागत तथा  विदाइ कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको हौसला बढाउन  चर्चित गायक श्रीकृष्ण लुईटेल बोकेद्रारीले प्रस्तुती गरेर विद्यार्थीहरूलाई नचाएर मनोरञ्जन गराएका थिए भने  सहभागी विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।  

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, नेपाल रेढक्रस सोसाइटी इटहरीका सभापती दिनेश कुमार भट्टराई,डिभिएम स्कुलका प्रिन्सिपल डाक्टर बेणु सिटौला लगायत कलेज संचालक , समाजसेवी , बुद्धिजीवी , विद्यार्थीहरूको बाक्लो सहभागी रहेको थियोे ।FB_IMG_1722673515595