इटहरी / किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन  २०८१ भएको छ । किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङ अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

दुई दिन  इटहरीको सोल्टि  होटलमा छैठौं राष्ट्रिय सम्मेलन हुने भएको हो । कोशी प्रदेशमन प्रस्थान गरेकाले किवानिसको साथमा रहने प्रतिवद्दता रहेको कार्यक्रमका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । 

विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले  स्वास्थ्य, शिक्षा, पोषण र साक्षरता, खेलकुद, वातावरण संगै नेतृत्व विकास जस्ता पाँचवटा विषयवस्तु अन्तर्गत गतिविधिहरू संचालन गर्दै आएको छ । 

यस छैठौं राष्ट्रिय सम्मेलन बाट आगामी ३ वर्षका लागि नेतृत्वका लागी भाईस गर्भनर चयन गर्ने किवानिस नेपालका डिष्ट्रिक गर्भनर तीर्थ कुमार सिंहले बताउनु भयो । 

किवानिस नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको र सम्मेलनमा आउने सहभागीहरुका राम्रो ब्यवस्थापन गर्ने र यो कार्यक्रममा अझ आकर्षणका लागी स्थानिय उत्पादनको स्टल राखेर पुर्वमा उत्पादन भएका बस्तुहरुको प्रर्दशन गरेर त्यसको प्रवद्धनका लागी स्टलहरु राखिएको छ ।

कार्यक्रम सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो  । कार्यक्रममा  कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङ, पुर्व मन्त्री रामकुमार सुब्बा, इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले लगाए वक्ताहरूले आफ्नो भनाइ राखेका थिए ।

किवानिस इन्टरनेशनलका ५ सय बढीको पदाधिकारी , किवानिस इन्टरनेशनलका पदाधिकारीका पदाधिकारी , इटहरीका राजनीति दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ । किवानिस इन्टरनेशनलमा २ हजार बढी सदस्य रहेका छन् ।

नेपालमा १ सय ३८ क्लबहरू रहेका छन भने २३ सय भन्दा बढी सदस्यहरू रहेको क्लबले इटहरीमा पनी बालबालिकाकोे भविष्यलाई मध्यनजर गर्दै काम गरिरहेको छ ।IMG_20240809_210955