इटहरी / हलवाई सेवा समाज इटहरीले शुरु गरेको बोलबमले यो सोमबार पनि निरन्तरता पाउँदैछ। गत साता जस्तै यो सोमबार पनि बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउने कार्यक्रमले यो साता पनि निरन्तरता पाउने भएको हो ।
हलवाई सेवा समाज इटहरीले गएको तीनसाता यता बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउनुका साथै बृहत् भण्डारा कार्यक्रम चलाईरहेको छ। समाजले यो साता पनि सो कार्यक्रमलाई निरन्तरता दिने समाजका संयोजक बिक्रम साह(बिक्की)ले जानकारी दिनुभयो।
गत साता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, वडाध्यक्षहरू साथै स्थानीयबासीले बोलबममा सहभागिता जनाएपछि इटहरीको बोलबमको रौनक बढेको संयोजक साहको भनाई छ।
हलुवाई सेवा समाज इटहरीले साउनको अन्तिम साता बूढीगंगा मुक्तिघाट क्षेत्रबाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउने कार्यक्रम रहेकोले उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।


