इटहरी / इटहरीमा रहेर विद्यार्थीहरूलाई शिक्षा दिदै आएको हाम्रो इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीसँग ज्येष्ठ नागरिक कार्यक्रम गरेको छ ।
हाम्रो इङ्लिस बोर्डिङ स्कुललका प्रधानाध्यापक तेजबहादुर निरौलाको अध्यक्षता तथा हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी अध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यमा हाम्रो बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थीहरू सँग जेष्ठ नागरिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु सँग विद्यार्थीहरुले पहिले पहिले पहाडबाट मानिसहरु मधेस झर्न डराउँथे, बाल्यकालका बारेमा, स्कुल र कलेज जीवनका बारेमा , कुन पेशामा आबद्ध, काम गर्दा कस्ता कस्ता चुनौतिहरु, जीवनकालमा गरेका महत्त्वपूर्ण कामहरु के के हुन् बितेको समयलाई फर्केर हेर्दा ,पहिले पहिले गाउँघरमा चाडपर्व कसरी मनाइन्थ्यो , इटहरी उपमहानगरले हाल जेष्ठ नागरिकका लागि के कस्ता सुबिधा प्रदान गरेको छ जस्ता प्रस्नहरु सोधेका थिए ।
कार्यक्रमका अतिथी ज्येष्ठ नागरिकहरु कमान बहादुर बटुवाल , चेवनप्रसाद खरेल, मनमाया निरौला, पूर्व सांसद तथा स्कुलका पुर्व अध्यक्ष सर्वध्वज साँवाले विद्यार्थीहरुको प्रश्ननको उत्तर दिएका थिए ।
ज्येष्ठ नागरिकहरु जिवित इतिहास रहेको हुदा विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई विगतमा पुस्ताहरुमा हुने गरेका भोगाई र त्यो बेलाको रहन सहनको अवस्थाका बारेका विद्यार्थीहरुलाई जानकारी दिने उदेश्यले विद्यार्थी सँग ज्येष्ठ नागरिक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक तेजबहादुर निरौलाले जनकारी दिनुभयो ।
विद्यालय सञ्चालक समिति सदस्य पद्मा सुब्बाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियोे । सो कार्यक्रममा विद्यालय सञ्चालक समितिका प्रतिनिधि, स्कुलका शिक्षक , विद्यार्थी लगाएतको सहभाता रहेको थियोे । स्कुलले विद्यार्थीलाई क्षमता अभिवुद्वी गर्न विभिन्न सांस्कृतिक नृत्य , खेलकुद , नाटक , योग, गायन , नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिदै विद्यालयले विद्यार्थीहरुलाई दक्ष बनाउदै आइरहेको छ ।


