इटहरी / सयपत्री गु्रप सुखःदुखको साथि द्वारा संकलित सहयोग हस्तान्तरण गर्नुका साथै इटहरीको माया घर नेपालका १४३ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।
इटहरी २ मा रहेको माया घरमा परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बेलुकाको १ छाक खाना सहित पाँच बोरा चामल ,दाल २५ केजी ,पाँच काटुन चाउचाउ ,१ काटुन विस्कुट , १ काटुन तेल ,३० केजी मटर ,५० केजी नुन ,५० केजी आलु ,२५ केजी प्याज , सोयाबिन ३ बोरा १५ केजी,सरफ १ बोरा ,लुगा धुने साबुन दुई काटुन ,भाडा माज्ने साबुन दुई काटुन वितरण गरिएको हो ।
सयपत्री गु्रप सुखःदुखको साथिले सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट उठेको रकमबाट खाना खुवाएको हो । यस गु्रपमा देश विदेशका व्यक्तिहरूले सहयोग गरेर माया घरका असहाय नागरिकलाई खाना खुवाइएर सामग्री हस्तान्तरण गरेको हो ।
सामाजिक सञ्जालको सहि सदुपयोग गरेर काठमाडौंबाट आएर खाना खुवाएकोमा माया घर नेपाल इटहरीकी अध्यक्ष सुवद्रा प्याकुरेले धन्यवाद व्यक्त गर्नु भयो । माया घरलाई विभिन्न संघ संस्था, व्यक्तिले खाना खुवाआउदै आएकोे उहाले बताउनुभयो । यो कामलाई सदैव साथ सहयोग रहने र माया घरका असहाय नागरिकलाई सीप सिकाएर असल नेपाली बनाउने अभियान रहेकोे संस्थाकी अध्यक्ष प्याकुरेले बताउनुभयो ।
मेचीमहाकाली , देश विदेशका व्यक्तिहरू सँग सामाजिक सञ्जाल टिकटक, फेसबुकको माध्यमबाट सहयोग संकलन गरि असाहाय, अशक्त ,अनाथ बालबालिकालाई आश्रय दिईरहेको आश्रममा सहयोग गरिएको संस्थाका सदस्य अन्नत लम्सालले बताउनुभयो ।
रेजिना बस्नेत ,प्रजिना कार्र्की ,नविना कार्र्की ,ज्ञानुसा अधिकारीहरूले सामग्री वितरण गर्नुका साथै खाना खुवाई दिएका थिए । सामाजिक सञ्जालको सहि सदुपयोग गरेर पुर्वमा ४ र ५ स्थान, काठमाडौं लगाएत ठाउँमा संस्थाले असहाय नागरिक लाई खाना खुवाउने काम देखि सामाजिक कार्य गर्दै आएको छ ।
देश विदेशमा रहेका सहयोगी व्यक्ति टीका शर्मा, अर्जुन शंकर ,आडि राउत , रेजिना बस्नेत , माला गज्मेर , अन्जु शाह , मन्जु खनाल ,सुस्मिता गहतराज ,दिनेश खड्का , चादनी घिमिरे , शर्मिला पौडेल , सम्झना भण्डारी , सलिन हमाल , रूपा लामा , शाय खनाल नबिना कार्की , प्रमिला शाह ज्ञानुसा कार्की ,सबिना कार्की , प्रतिमा कार्की , प्रजिना कार्की ,अस्मि लम्साल , लक्ष्मी लम्साल ,सन्तोष राउत लगाएतले सहयोग गरेका छन् ।