इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । 

इटहरी  वडा नम्बर ११ को वडा कार्यालयको दुई तले भवन १ करोड ३ लाख लागतमा बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलकोे प्रमुख आतिथ्यतामा तथा स्थानीयहरूको बाक्लो सहभागीतामा भवन उद्घाटन गरि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएकोमा स्थानीयहरु खुसी भएका छन् । नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का जनप्रतिनिधिले सबै क्षेत्रलाई समेटेर दु्रत गतिमा विकास निमार्ण गर्नेे स्थानीय पहलत शाहले बताउनुभयो । 

भाडामा बसेर सेवा दिदै आएकाले जनताको आवश्यकता र महत्त्वलाई बुझि नयाँ  भवनबाट जनताको सेवा गर्ने इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाले बताउनुभयो । वडा अध्यक्षमा निर्वाचित भएको २७ महिनाको अवधिमा इटहरी उपमहानगरपालिकाको सहयोगमा भवन निर्माण भएको उहाँको भनाई छ ।

नगरपालिकाले सकारात्मक लक्ष्य राखेको र भवन निर्माण भएपछि जनप्रतिनिधिहरूले जनताको सेवामा सर्मपीत भएर काम गर्ने इटहरी उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनुभयो । स्थानीय सरकारले प्रत्येक वडामा वडा कार्यलय निर्माण गर्नु पर्ने भएकाले  इटहरी उपमहानगरपालिकाको सहयोगमा ११ नम्बर वडा कार्यलयको भवन आफ्नै जमिनमा निर्माण गरिएको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।IMG_20240814_124226

इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का भुवन राज पोख्रेल, नेपाली काङ्ग्रेस इटहरी ११ का उपसभापति  भुपाल ढकाल ,नेकपा एमाले इटहरी ११ का उपसभापति ढकन लाल चौधरी , भुमिहिन तथा श्रमिक संघ कोशी प्रदेश सदस्य सुकदेव राई, इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य राधिका पौडेल ,पुर्व शिक्षक हेमराज सुवेदी लगाएतले आफ्नो भनाइ राखेका थिए । सो उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष रूपेश कुमार चौधरी ,कार्यपालिका सदस्य  , जनप्रतिनिधि , बुद्धिजीवी , स्थानिय टोल विकास संस्थाका प्रतिनिधि , वडाका कर्मचारीहरू, वडाका जेष्ठ नागरिक लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।IMG_20240814_124112IMG_20240814_124035