अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको विवादमा नेकपा एमालेले बाटो खुल्ला गरेको छ ।
मङ्गलवार एमाले सुनसरीको पार्टी कार्यालयमा उज्ज्वल सिग्देल नेतृत्वको कमिटीलाई शपथग्रहण गराए सँगै पार्टीले वैधानिकता दिएको हो ।
बहुमत प्रतिनिधि र अध्यक्ष मण्डलले सहमति भएको भन्दै एमालेले सिग्देल अध्यक्ष रहेको कमिटीलाई कार्यसम्पादन गर्न बाटो खुल्ला गरेको छ ।
एमालेका केन्द्र तथा जिल्ला स्तरका नेताहरूको उपस्थितिमा सिग्देल लगायत ३४ जना सदस्यले शपथग्रहण गरेका हुन् ।
प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) ले सिग्देलको नाममा सहमति भएको भन्दै कमिटी चयन गरेपछि पुनः अर्को कमिटीको लिस्ट बाहिर आएको थियो

शेखर रेग्मी नेतृत्वमा केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले अर्को कमिटी गठन गरेपछि विवाद चुलिएको थियो । रेग्मी हाल सिग्देल नेतृत्वको कमिटीमा उपाध्यक्ष छन्।सबैले सिग्देलको नेतृत्व स्विकार गरेर जाने रेग्मीले सहमति गरिसकेकाले सबै सर्वसम्मत भएको र अब अनेरास्ववियु सुनसरी लाइ एक ढिक्का बनाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष सिग्देल ले बताए।

अनेरास्ववियुको विवादका बिच पार्टीले अध्यक्ष मण्डलको निर्णय र ५१ सदस्यीय प्रतिनिधिको बहुमतको आधारमा निर्णय गरेको जिल्ला सचिव राम कोइरालाले बताए ।
उनका अनुसार सिग्देल नेतृत्वको कमिटी वैधानिक भएको पुष्टि भएसँगै शपथग्रहण गराइएको हो ।


