सुनसरी / नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समितिले सरकारी, सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्तिको सुनिश्चिता र शिक्षण शुल्कको पारदर्शिता सुनिश्चित गर्नका लागि सूचना माग गरेको छ ।

संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको अधिकार प्रत्याभूत गरिएको छ। त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ अनुसार, विद्यालयहरूले छात्रवृत्तिको प्रावधान पनि लागू गर्नुपर्ने व्यवस्थामा विद्यालयहरूको पालना कत्तिको भएको छ भन्ने विषयमा नेविसंघले अनुसन्धान र अनुगमन अभियान संचालन गरेको छ ।

मेरो शिक्षा मेरो प्रश्न भन्ने मुला नारालाई लिएर बिहीबार पहिलो चरणमा इटहरीको सुस्मा कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरूको छात्रवृत्ति र शिक्षण शुल्कको विवरण माग गरेको हो । एउटा कक्षा कोठामा ४४ जना भन्दा बढि विद्यार्थी राख्न पाइने छैन ,कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोहि विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शूल्क लिन नपाइएको विद्यालयहरूलाई जनाइको छ ।

विद्यार्थीहरूको हक हितमा लागि अनुगमन र शिक्षा प्रदान गराउनु अनुगमन गरिएको नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराईले बताउनुभयो । सिफारिस हुनुपूर्व विद्यालयमा विद्यार्थी भर्ना भएको भए विद्यालयले उक्त विद्यार्थीको भर्ना शुल्क फिर्ता गर्नुपर्ने नियय रहेको छ ।

विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्या,छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको नामसहितको विवरण, छात्रवृत्ति प्राप्त विद्यार्थीको हक, विद्यालयको शिक्षण शुल्कको विवरण  सम्बन्धित विद्यालयहरूलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयमा मात्र नभएर सुनसरी भरिका सामुदायिक तथा संस्थागत विद्यालयमा अनुगमन गर्ने भएको छ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा (२७) उपदफा (३): अनुसार कुल विद्यार्थी सङ्ख्या मध्य ५०० विद्यार्थीले १०% छात्रवृत्ति पाउनु पर्ने , ५००-८०० विद्यार्थी मध्य १२% विद्यार्थीले छात्रवृत्ति पाउनु पर्ने,  ८०० विद्यार्थीहरूले १५% विद्यार्थीले छात्रवृत्ति पाउनु पर्ने कानुन रहेको जनाइएको छ ।

के तपाई छात्रवृत्ति कोटा मा छनोट हुँदा हुँदै पनि तपाइको कलेज र विद्यालयले तपाई बाट अतिरिक्त शुल्क लिरहेको त छैन ,के तपाईले पढने विद्यालय र कलेजले तपाईबाट हरेक नयाँ कक्षामा जाँदा भर्ना शुल्क लिरहेको त छैन ,के तपाईको विद्यालय र कलेजले विद्याथी संख्याको आधारमा (५०० सम्म विद्यार्थी भए कुल विद्याथीको १०% लाई, ५००-८०० भए १२% लाई र ८०० भन्दा माथी भए १५% लाइ छात्रवृत्ति प्रदान गर्ने हक बाट बन्चित त गरिरहेको छैन ,के तपाई बाट तपाइको कलेज र विद्यालयले लिएको शुल्क बराबरको सुविधा दिइरहेको छैन ,के तपाईको कलेज र विद्यालयले स्टेशनरी र टेलर कलेज र विद्यालय भित्रै त राखेको छैन भन्ने मेरो शिक्षा मेरो प्रश्न रहेका छन् ।IMG-20240905-WA0013

नेविसंघले देशभरका विद्यालयहरूमा गुणस्तरीय शिक्षा र सबै विद्यार्थीहरूको पहुँच सुनिश्चित गराउन यस किसिमका पहलहरू गर्दै आएको छ ।