काठमाडौं / देशभरका महिला जनप्रतिनिधिहरुको सहभागितामा "शी लिड्स आइकन" नामक प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितामा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख गरी २७ जना महिला जनप्रतिनिधिहरु सर्टलिस्ट भएका छन्।देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुमध्ये निर्णायक मण्डलले २७ जनालाई छानेको हो।
प्रतियोगिताको सर्टलिस्टमा तीन जना प्रमुख र बाँकी उपप्रमुखहरु परेका छन्। सर्टलिस्ट गर्दा महिला स्वास्थ्य, उद्यमशीलता, नीति र न्याय, जवाफदेहिता लगायतका पक्षमा ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन्।
सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म चल्ने डिजिटल मतदानका आधारमा उत्कृष्ट तीनलाई विजेता घोषणा गरिनेछ। कार्यक्रमको प्रस्तुति मिस नेपाल २००५ सुगरिका केसीले गर्नेछिन्।
प्रतियोगिताबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा अष्टलक्ष्मी शाक्य, सुगरिका केसी लगायतका व्यक्तिहरु उपस्थित थिए।
शी लिड्स आइकनमा देशभरका २७ महिला जनप्रतिनिधि छनोट ;
१. विमला कुमारी शाही, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम, सुदूरपश्चिम प्रदेश
२. सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका ,बाजुरा ,सुदूरपश्चिम प्रदेश
३. धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका ,बैतडी, सुदूरपश्चिम प्रदेश
४. सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका ,पाल्पा, लुम्बिनी प्रदेश
५. विमला अर्याल प्रमुख सुनवल नगरपालिका ,नवलपरासी, लुम्बिनी प्रदेश
६. भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, लुम्बिनी प्रदेश
७. सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका ,गुल्मी ,लुम्बिनी प्रदेश
८ं.सरिता खड्का उपाध्यक्ष मदाने गाउँपालिका ,गुल्मी, लुम्बिनी प्रदेश
९. सावित्रा देवी अर्याल उपप्रमुख बुटवल उप(महानगरपालिका ,रुपन्देही, लुम्बिनी प्रदेश
१०. गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका ,रोल्पा, लुम्बिनी प्रदेश
११ं. ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका,पर्सा, मधेश प्रदेश
१२. फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका ,धनुषा ,मधेश प्रदेश
१३ं सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका ,धादिङ, बागमती प्रदेश
१४ं. बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका,रामेछाप, बागमती प्रदेश
१५. तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका,काभ्रेपलाञ्चोक, बागमती प्रदेश
१६. विमला सापकोटा ९दाहाल० उपप्रमुख बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, बागमती प्रदेश
१७. गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ, गण्डकी प्रदेश
१८. दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका ,म्याग्दी, गण्डकी प्रदेश
१९. रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका ,गोरखा, गण्डकी प्रदेश
२०. गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका, तेह्रथुम, कोशी प्रदेश
२१. मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका, मोरङ, कोशी प्रदेश
२२. आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका, झापा, कोशी प्रदेश
२३. रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका ,झापा कोशी प्रदेश
२४. अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका ,कालिकोट ,कर्णाली प्रदेश
२५. सनसिल्ता वली डिसी उपाध्यक्ष कालिमाटी गाउँपालिका,सल्यान, कर्णाली प्रदेश
२६. तप्ता थापा ,उपप्रमुख नारायण नगरपालिका दैलेख, कर्णाली प्रदेश
२७. मञ्जु कुमारी शर्मा पाण्डे, उपाध्यक्ष महाबु गाउँपालिका दैलेख कर्णाली प्रदेश


