इटहरी / ६० औं बाल दिवसको अवसर पारी कस्तुरी कलेज इटहरीमा विविध कार्यक्रम संगै कस्तुरी ट्यालेन्ट हन्ट (kasturi Talant Hunt) भएको छ।

कार्यक्रम  प्रेम प्रसाद न्याैपानेको अध्यक्षता तथा २०५५ साल कस्तुरी कलेज पहिलो ब्याजका विद्यार्थी राजु थापा र सुलेखा चौधरीको प्रमुख आतित्यथामा भएको छ ।

IMG_20240913_082003

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो वक्तित्वकला गायन कला नृत्यकला प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरूले ३ बिधामा १०० जनाले प्रतिस्पर्धा गरेको मा ३ जना बिद्यार्थीहरू मध्य उत्कृष्ट प्रदर्शन गर्ने मा नृत्यमा नितिसा कठायत, गायनमा पेजुङ तामाङ तथा कवितामा साइल ढकाले उत्कृष्ट भएका थिए ।

कार्यक्रममा बिध्यार्थी कोडिनेटर जिवन कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

IMG_20240913_081846

IMG_20240913_081830

IMG_20240913_081937