दुहवी / दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उयम साखाको समन्वयनमा स्थानिय बेरोजगार युवाहरुलाइ रोजगार शृजना गर्ने उदेश्यले सन्चालन गरेको ' श्रम संसार ' मोबाइल एप बारे घर घर सम्म जानकारी पुराउने उदेश्यले आज स्थानियसरकार का जनप्रतिनिधि हरुलाइ श्रम संसार चलाउने बारे जानकारी दिन १ दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
दुहबी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम दुहबि नगर प्रमुख बेद गच्छादार को अध्यक्षता मा सम्पन्न भएको थियो। नेपालको संबिधान २०७२ ले रोजगारीलाइ मौलिक हकको रुपमा ब्यावस्था गरेको भए पनि बर्षेनि श्रम बजारमा आउने ५ लाख बेरोजगार युवाहरुलाइ सरकार र निजि कम्पनिहरुले जम्मा २५% सम्म मात्रै रोजगार शृजना गर्न सकेको अवस्थामा दुहवी नगरपालिकाले दुहबीका बेरोजगार युवा युवती हरुलाइ रोजगार संग जोड्न स्टेप अप परियोजना स्विस कन्टाक्ट को सहयोगमा गत साल श्रम संसार मोबाइल एप्लिकेशन लन्च गरेको थियो।
रोजगार खोजकर्ता हरुले यो एप मार्फत काहा र कुन काम बारे जानकारी पाउनुका साथै घरमै बसेर आवेदन समेत दिन सक्ने छन भने रोजगार प्रदायक सस्था र रोजगार दाताहरुले पनि सहजै आफुलाइ चाहिएको कामदार र उपलब्ध हुने तालिम बारे जानकारी पाउनेछन । हाल श्रम संसार एप दुहबि, बिराटनगर र इटहरी ले संचालन गरेका छ। दुहबि नगरपालिकाले श्रम संसार मार्फत ८७१ जनाको रोजगार खोजकर्ता र तालिम मा सहभागि हुनेहरुको प्रबिष्टी गरिसकेको छ भने रोजगार प्रदायक १६ कम्पनि दर्ता भैसकेका छन्।
दुहबी नगर प्रमुख बेद गच्छादारले श्रम संसार अभियानलाइ घर घर सम्म पुराउन सबै जनप्रतिनिधि हरुलाइ निर्देशन दिएका छन्। सिप भएकाले योग्यताक्रम को जागिर पाउने छन, सिप नभएका लाइ सिप सिकाएर रोजगारि शृजना गर्ने र सिअ सिकेर स्वरोजगार बन्ने लाइ आवस्यक बिउपुजि र सहुलियत कर्जा आफ्नै जमानिमा उपलब्धन गराउने प्रतिबद्दता ब्यक्त गर्दै नगर प्रमुख गच्छादारले यो अभियानलाइ माहाअभियानका रुपमा घर दैलो लैजान कर्मचारी र जनप्रतिनिधि हरुलाइ आग्रह गरेका छन ।
श्रम संसार बारे रोजगार्शाखाका प्रमुख पवन प्रधानले सबिस्तार जानकारी गराएका थिए भने कार्यक्रम को सन्चालन लघु उद्यम बिकाश साखाका प्रमुख दिवेस चौधरीले गरेका थिए। कार्यक्रममा उपमेयर मेनुका खतीवडा , १ देखि १२ वटै वडाका अध्यक्ष , सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशाकिय अधिकृत हिमालय बराल बिषयगत शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।