बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा "रोबोटिक्स कार्यशाला कार्यक्रम" प्रारम्भ भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा रहेको श्री प्रकाश मा.वि., सनसाइन ईंग्लिश बोर्डिङ , डाेबर ईंग्लिश बोर्डिङ र जय सप्तकोसीको ९,१० मा आध्यनरत बिद्यार्थी हरुको उपस्तिथिमा आज रोबोटिक्स कार्यशाला सुरु गरिएको छ ।
बराहक्षेत्र -१० वडाकार्यलयको संरक्षकमा र धरान पुर्वन्चल इन्जिनियरिङ क्याम्पसका स्वबियु सभापति इन्जिनियर नवीन श्रेष्ठको संयोजनमा तथा प्रकाशपुर युवा जमातको आयोजनामा रोबोटिक्स कार्यशाला सञ्चालन गरिएको हो।
आज उक्त कार्यशाला सभापतिको रूपमा प्रकाशपुर युवा जमातकोअध्यक्ष मनिस मगर रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री,एवं सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्कीको रहनु भएको थियो ।
विशिष्ट अतिथिको रूपमा कोशी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री सदानन्द मण्डल , कोशी प्रदेस क्षेत्र ४ ख का माननिय डा.हाजी इश्राइल अन्सारी, प्रकास मा.वि.प्रअ चुडामणी खनाल ,बराहक्षेत्र नगरपालिका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक बिकास राई , बराहक्षेत्र -१० का वडा अध्यक्ष तेज बहादुर गुरुङ ,बराहक्षेत्र -८ का वडा अध्यक्ष रोशन खड्का रहनु भएको थियो ।साथै अतिथिको रूपमा शैक्षिक ,राजनैतिक ,एवं बौद्धिक ब्यक्ति हरु उत्थान रोबटिक्स ल्याब का प्रशिक्षकहरु लगाएत बिद्यार्थीहरुको उपस्थितमा उक्त प्रयोगशाला प्रारम्भ भएको थियो ।
कार्यक्रममा मुख्यतया रोबोटिक्स प्रविधिका विषयमा प्रशिक्षण गराइएको थियो । सहभागीहरुले रोबोटिक्स क्षेत्रमा नवीनतम प्रविधि तथा प्रयोगात्मक ज्ञान हासिल गर्ने अवसर पाएका छन्। साथै यो रोबोटिक्स कार्यशाला बराहक्षेत्र नगरपालिका भरिको माध्यमिक तह सम्मको बिधालयमा सन्चालन गर्ने भनी कार्यक्रम संयोजक नवीन श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमले विशेष गरी बराहक्षेत्र नगरपालिका भरिका बिद्यार्थीहरुलाइ आधुनिक प्रविधिसँग जोड्दै दक्षता विकासमा योगदान पुर्याउने उद्देश्यले रोबोटिक्स कार्यशाला संचालन गरेको आयोजकले जनाएको छ ।


